सुधार्न सकिन्छः प्रयास गरौं

दैलेखको नारायण नगरपालिका वडा नं. २ मा रहेको एक विद्यालयले देखाएको राष्ट्रियताको बिषय, श्रम गर्नेहरुले पाएको सुख र श्रम नगर्नेहरुले पाएको दुःखको बिषयलाई मध्यनजर गर्ने हो भने । टिम मिलेको खण्डमा सवैले राम्रो गरौं भनेर तत्परता देखाएको खण्डमा पक्कै पनि परिवर्तन हुन्छ परिवर्तन देखाउन सकिन्छ भन्ने गतिलो उदाहरण पेश गरेका छन् ।
विद्यालयको वार्षिक उत्सवका अवसरमा विद्यार्थीहरुले देखाएको तत्परतालाई मध्यनजर गर्ने हो भने, शिक्षकले चाहेको खण्डमा, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुले चाहेको खण्डमा एउटा विद्यालयको स्वरुप मात्र परिवर्तन हुँदैन्, विद्यार्थीहरुले प्रभावकारी रिजल्ट ल्याउन सक्छन् र पढाईको प्रभावकारीता पनि उत्तिकै बढ्न सक्छ ।
एउटा विद्यालयको प्र.अ. र शिक्षकले चाहे विद्यालय सुधार हुन्छ भने पालिका प्रमुख सँगै निर्वाचित जनप्रतिनिधिहरु र प्रमुख प्रशासकीय अधिकृतले चाहे पालिका पनि परिवर्तन हुन सक्छ । एउटा मुख्य मन्त्री र मातहतका मन्त्रिहरु अनि सचिवहरुले चाहने हो भने प्रदेश परिवर्तन हुन्छ ।
त्यस्तै प्रधानमन्त्री र मातहतका मन्त्रिहरु र सचिवहरुले चाहे देश नै परिवर्तन हुन सक्छ । अव चाहने कसले हो भन्ने आम प्रश्न अहिले उब्जिएको छ । देशको आर्थिक अवस्था मात्र हैन गरिवी न्यूनिकरणका बिषयहरु रोजगारीका बिषयहरु परिवर्तन गर्न सकिन्छ तर चाहना मात्र गर्नुपर्र्यो ।
जिम्मेवार निकायहरुले अव यो देश निर्माण गर्ने बेला भयो भनेर मात्र सोचेको खण्डमा सोही अनुसारका नयाँ कामको सुरुवात गरेको खण्डमा यो देश परिवर्तन हुन कुनै समय लाग्ने देखिदैन् । सवैले प्रर्ण गरौं सके राम्रो गरौं नसक्ने हो भने नविगारौं, अनियमितता र भ्रष्टाचार अन्त्य गर्ने प्रर्ण गरौं मुलुक अवश्यपनि निर्माण हुन्छ ।
सकारात्मक सोच र दिगो व्यवस्थापनका बिषयलाई प्रमुखताका साथ अगाडि बढाउँदै गए देश परिवर्तन हुन धेरै समय कुर्नु नपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार